अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक उम्मेदवारको नाम रुजु गर्न भोलि बिहानसम्म लाग्न सक्ने : निर्वाचन आयुक्त थपलिया

समानुपातिक उम्मेदवारको नाम रुजु गर्न भोलि बिहानसम्म लाग्न सक्ने : निर्वाचन आयुक्त थपलिया


काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक प्रणालीतर्फको उम्मेदवारको नाम रुजू गर्न मंगलबार भोलि बिहानसम्मको समय लाग्न सक्ने बताउनु भएको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन ३ बज्दा पनि राजनीतिक दलहरु नपुगेपछि नाम रुजु गर्न समय लाग्ने उहाँले बताउनु भयो ।

दलहरुलाई कुरेर बसेका आयोगका कर्मचारीलाई भेट्न पुगेका थपलियाले आयोगपरिसर पुगेका सबै दलको बन्दसूची बुझ्ने र भोलि बिहानसम्म लागे पनि रुजु कार्य सकाउने बताउनु भयो । उहाँले समानुपातिक दल दर्ता गर्दा पनि दलहरु १२ गते अन्तिम समयमा पुग्दा १३ गते बिहानसम्म काम गरेको स्मरण पनि गराउनु भयो ।

‘विगतको अनुभवलाई समेत हेर्दा भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘तर, हामी हाम्रो सम्पूर्ण स्रोत-साधन र क्षमताले लोकतन्त्रमा सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगका तर्फबाट हामी कुनैपनि कमी हुन दिँदैनौँ। आयोग परिसरभित्र छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेल यहीँ बसेर हाम्रो टिम परिचालन हुन्छ।’

आयोगले सोमबार साझ ५ बजेसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने समय दिएको छ ।