काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको उल्लङ्घन नगरेको बताउनुभएको छ ।
उहाँले संसद्को कार्यकाल नै सकिएकाले विधेयक आफै निस्कृय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिबाट देखिने गरी संविधानको उल्लङ्घन भएको छैन । प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त भइसकेको अवस्था छ ।’
धारा ११३ को उपधारा (१०) मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि विधेयकहरू निष्क्रिय हुन्छन् भनिएको छ,’ आचार्यले भन्नुभयो, ‘निष्क्रिय भइसकेको विधेयकलाई कसरी प्रमाणीकरण गर्ने ?’
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मंगलबार राति १२ बजे समाप्त भएको थियो।
‘उहाँले १५ दिन नपुग्दै किन प्रमाणीकरण गर्नुभएन भन्ने कुरा उहाँ नै जान्नुहोस्, तर निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्न मिल्दैन,’ आचार्यले भन्नुभयो, ‘यसलाई राजनीतिक मुद्दा बनाउने हो भने भन्नु केही छैन।’
अहिले सिर्जित परिस्थितिको समाधान प्रतिनिधिसभा प्रारम्भ भएपछि मात्रै हुन सक्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया