काठमाडौं-निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिइने आयोगले जनाएको छ । आयोगले अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित भनेको छ ।
अभिमुखीकरण कार्यक्रममा निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगको सूचनामा भनिएको छ ।









प्रतिक्रिया