अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा

युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा


काठमाडौं – युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो । इभलिन अष्ट्रियाकी राजनीतिज्ञ हुन्।

अष्ट्रियाकी पूर्ववकिल रहेकी उनी सन् २००९ यता युरोपेली संसदकी सदस्य छन्। चार सदस्यीय टोलीमा रेग्नर, उलरिक मुलर (जर्मनी), टमस ज्डेचोभ्स्की (चेक रिपब्लिक) र म्याक्सिमिलियन क्र (जर्मनी) रहेका छन्।

नेपालमा नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेका काम जानकारी लिन युरोपेली संसदीय प्रतिनिधीमण्डल आएको नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले एक प्रेस विज्ञप्तिमा जनाएको छ।

त्यसैगरी भ्रमणले नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार गर्न भावी दिनमा सहकार्य अभिबृद्धी गर्न योगदान गर्ने कार्यालयले उल्लेख गरको छ।  

युरोपेली युनियनले नेपालको संघीय शासन व्यवस्थाको सुदिृढीकरण, मानवअधिकार प्रबर्द्धन, महिला सशक्तिकरण र समावेशिताका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।

नेपालमा रहँदा युरोपेली सांसदले प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरु, नागरिक समाजका प्रतिनिधि, महिला नेतृत्वहरु र पत्रकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ। 

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवाली र पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापासँग भिन्दा भिन्दै भेटवार्ता गर्नेछन्।

त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्का, वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग पनि भेट्नेछन्।