अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘परिचय पाटी’ शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

‘परिचय पाटी’ शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम


काठमाडौं-काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई परिचय पाटी शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ । आज सूचना जारी गर्दै महानगरले केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन समय तोकेको हो ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।