अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नो पालामा ल्याइएको रेलको टिकट काटेर अध्यक्ष ओली सरर जनकपुर

आफ्नो पालामा ल्याइएको रेलको टिकट काटेर अध्यक्ष ओली सरर जनकपुर


जनकपुरधाम – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर-जयनगर रेल चढ्नु भएको छ ।

आज पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आउनु भएएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुग्नु भएको हो ।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उहाँले नै टिकट काट्नु भएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा। रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिनु भयो ।