काठमाडौं-सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन् ।
प्रतिनिधिसभाको सिट बाँडफाँटबारे भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरु छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।






प्रतिक्रिया