काठमाडौं-एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्याप) को १३औँ महासभामा सहभागी हुन नेकपा (एमाले)का सचिव शेरधन राई सोमबार दक्षिण कोरियाको राजधानी सोल प्रस्थान गरेका छन् ।
महासभामा सहभागी हुन राईको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डल दक्षिण कोरिया गएको हो । प्रतिनिधिमण्डलमा डा. गोपाल खनाल पनि सहभागी छन् ।
महासभा नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुँदैछ ।
उक्त महासभामा नेपालका चार प्रमुख राजनीतिक दलको सहभागिता रहने जनाइएको छ । महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुने कार्यक्रम छ ।



प्रतिक्रिया