काठमाडौं-नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणसम्म अटाएका छन् ।
बन्दसूचीमा विभिन्न क्षेत्रका व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि समटिएका हुन् । नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा।सुरेशकुमार कनोडिया, मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्यालदेखि व्यापारी अनिल रुँगटाको नाम सूचीमा रहेको छ ।







प्रतिक्रिया