अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले जबरालाई नजरबन्दमा राखेर गलत गर्‍यो : डा. शेखर कोइराला

सरकारले जबरालाई नजरबन्दमा राखेर गलत गर्‍यो : डा. शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गठबन्धन सरकारले गलत गरेको बताउनु भएको छ ।

आज गृहजिल्ला मोरङ पुग्नुभएका उहाँले विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा यस्तो बताउनु भएको हो ।

निलम्वित प्रधानन्यायाधीश जबराबारेको प्रसंगमा उहाँले सरकारले नजरबन्दमा राखेर उहाँको मानवअधिकार पनि उलंघन गरिररहेको कोइरालाले बताउनु भयो ।

प्रतिनपधिसभाको ५ वर्षे आयु सकिएसँगै आफूमाथिमाको महाअभियोग निष्क्रिय भएको बताएर जबरा सर्वोच्चमा हाजिर हुन तयार हुनुहुन्थ्यो । तर उहाँ सर्वोच्च आउने थाहा पाएसँगै जबरालाई सरकारले केही दिन बालुवाटारस्थित निवासमै नजरबन्द गरेको थियो। त्यसपछि उहाँलाई सर्वोच्चबाहेक अन्त मात्रै जाने शर्तमा सुरक्षाकर्मी खटाइएको छ।

नेता कोइरालाले महाअभियोग लगाउने सांसदहरुको अवधि पनि सकिएकाले अब जबराविरुद्धको उक्त आरो पनि स्वत: निष्क्रिय भएको तर्क गर्नुभयो। उहाँले भन्नुभयो, ‘महाअभियोग लगाउने सांसदहरूको अवधि सकिएको छ। त्यहीकारण महाअभियोग पनि स्वत: निष्क्रिय भइसकेको छ । संसदको आयु सकिएर निष्क्रिय भए जस्तै महाअभियोग पनि अब औचित्यहीन भइसकेको छ।’