काठमाडौं – नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिनु भएको छ।
पार्टीबाट राजीनामा दिएका भण्डारीले धनकुटाबाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने घोषणा समेत गर्नुभएको छ । भण्डारीका अनुसार धनकुटाको पार्टी जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूले समेत राजीनामा दिएका छन्।
नेकपा माओवादी धनकुटा संयोजनक डिल्लीराम राई (कमल) ले विज्ञप्ति जारी गर्दै जिल्ला समन्वय समितिको बैठक बसेर सबैले राजीनामा दिएको उल्लेख गरेका हुन्।
उहाँले भण्डारीको अभियानलाई साथ दिएको समेत उल्लेख गरेका छन्। आफूले भदौ २९ गते नै पार्टीमा राजीनामा दिएको र शनिबार जिल्लामा समेत जानकारी दिएको बताउनु भयो ।
‘मैले पहिला नै राजीनामा दिएको थिएँ। पार्टीमा गोप्य राखिएको थियो। अब निर्वाचन लड्ने छु, उहाँले भन्नुभयो, ‘गठबन्धनका नाममा जनतामा जानै नदिने गलत प्रवृत्तिको विरूद्धमा विद्रोह गरेको हो। अब धनकुटाका जनतामाझ स्वतन्त्र रूपमा जानेछु।’







प्रतिक्रिया