अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जहाँ पाइला टेक्यो त्यहीँ विकास हुन्छ : अध्यक्ष ओली

एमालेले जहाँ पाइला टेक्यो त्यहीँ विकास हुन्छ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवलाई अगाडि बढाउन सक्ने पार्टी एमाले बाहेक अरू कोही नभएको बताउनु भएको छ ।

नेकपा एमालेले झापाको दमकमा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको सुदृढीकरण गर्ने र देश विकासलाई प्रभावकारी ढङ्गले अघि बढाउने पार्टी पनि एमाले बाहेक अरू नभएको बताइनुभयो । उहाँले भन्नुभयो, ‘राज्य संयन्त्रलाई सारा जनताको सेवाको संयन्त्र हो भन्ने कुरालाई बुझेर निष्पक्ष ढङ्गले परिचालन गर्ने एमाले बाहेक अर्को पार्टी छैन ।’

एमालेको विजय भनेको एमालेले सुरु गरेको विकास र समृद्धिको निरन्तरता हुने ओलीले बताउनुभयो । एमाले पराजित भयो भने देशको विकास र समृद्धि रोकिने ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जहाँ जहाँ एमालेले टेक्यो, त्यहाँ त्यहाँ नेपालको विकास अगाडि बढ्यो ।’

सत्ता गठबन्धन खानको लागि बनेको हो । गठबन्धनले देशलाई लुट्ने र खाने बाहेक अरु केही गर्दैन । यस गठबन्धनबाट कुनै आशा, भरोसा केही पनि गर्न सकिँदैन, देशलाई बरबाद बनाउँछ ।

३० वर्षमा नभएका काम एमालेले ३ वर्षमा सम्पन्न गरेको उहाँले बताउनुभयो । देशमा विकास र समृद्धिको क्षेत्रमा एमालेले आमूल परिवर्तन ल्याएको ओलीले दाबी गर्नुभयो ।

अहिलेको सत्ता गठबन्धन खानको लागि बनेको गठबन्धन भएको बताउनुभयो । यसले देशलाई लुट्ने र खाने बाहेक केही नगर्ने उहाँको भनाइ छ । गठबन्धन सरकारले जनता कोरानाले मरिरहँदा २४० अरब बढीको कोभिडको औषधि भ्रष्टाचार गरेर खाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस गठबन्धनबाट कुनै आशा, भरोसा केही पनि गर्न सकिँदैन, देशलाई बरबाद बनाउँछ।’

ओलीले नेपाली कांग्रेसलाई २२ वर्ष भन्दा बढी सरकार चलाउँदा गरेको एउटा राम्रो काम देखाउन चुनौती दिनुभयो । ‘गन्न त सकिन्छ, एक पल्ट, दुई पल्ट, पाँच पल्ट प्रधानमन्त्री भएँ भनेर, प्रधानमन्त्री किन भएको ?’ ओलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नुभयो ।