अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशले फेरि पनि अध्यक्ष ओलीको नेतृत्व खोजेको छ : सर्वेन्द्र खनाल

देशले फेरि पनि अध्यक्ष ओलीको नेतृत्व खोजेको छ : सर्वेन्द्र खनाल


दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको बताउनु भएको छ ।

नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो, आगामी दिनमा पनि उहाँ नै हुनुपर्छ ।’

देशमा मात्र नभएर विश्वमा गर्व गर्ने वातावरण बनाउनुभएका अध्यक्ष ओलीलाई फेरि सरकारको नेतृत्वमा पुर्‍याउने कर्तव्य सबै नेपाली जनताको भएको बताउनुभयो । नेपाल विकास र समृद्धिको खाका कोर्ने र समृद्ध नेपाल सुखी नेपालीको अभियान चलाउने काम अध्यक्ष ओलीले गर्नुभएको खनालले बताउनुभयो ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा मानव बेचविखन ब्युरो स्थापना, साइबर ब्युरो स्थापना गर्ने काम पनि खनालले स्मरण गर्नुभयो । केपी ओली प्रधानमन्त्री हुँदा देश र जनताको सेवा गरेको भन्दै उहाँले अब पनि निष्ठासाथ काम गर्ने बताउनुभयो ।

राजनीतिक बदमासीहरुलाई तह लगाउन आफू केपी ओलीको साथमा आएको खनालले बताउनुभयो । आफूले ५ वर्षमा युएनमा काम गर्दा त्यहाँ सबैले केपी ओलीको प्रशंसा गरेको उहाँले सुनाउनुभयो ।

राष्ट्र, राष्ट्रियता, विकास, समृद्धि, भौतिक पूर्वाधार हरेक क्षेत्रमा केपी ओलीको राम्रो काम गरेको पनि उहाँले बताउनुभयो । २५ वर्षसम्म हुन नसकेको चीनको उच्चस्तरीय भ्रमण एमाले अध्यक्ष ओलीको पालामा भएको खनालले बताउनुभयो । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण अध्यक्ष ओलीको पालामा भएको खनालले बताउनुभयो ।

देशको स्वाभिमान जोगाउन केपी ओलीलाई साथ दिएर र उहाँलाई ज्यान दिएर तयार भएर अगाडि बढेकाले कसैलाई पनि सामान्य नठान्न चेतावनी दिनुभयो । देशलाई गलत बाटो लैजान्छु भन्ने नसोच्च पनि उहाँले चेतावनी दिनुभयो ।