अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा किन र कसरी परे भन्ने बहस नगरौं : गोकुल बास्कोटा

समानुपातिकमा किन र कसरी परे भन्ने बहस नगरौं : गोकुल बास्कोटा


काठमाडौं-नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्न नहुने बताउनु भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र समानुपातिक सूचीका विषयमा भइरहेका बेला उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ उहाँले भन्नुभएको छ, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’ समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह गर्दै उहाँले भन्नुभयो,‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन ।’