अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिका थाप्न आएका सुरक्षाकर्मीलाई अध्यक्ष ओलीले भन्नुभयो : ‘घर जान नभ्याए यहाँ आउनु’

टिका थाप्न आएका सुरक्षाकर्मीलाई अध्यक्ष ओलीले भन्नुभयो : ‘घर जान नभ्याए यहाँ आउनु’


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग टिका थाप्न आउने सुरक्षाकर्मीलाई घर जान नभ्याएर आफ्नो निवासमा आउन आग्रह गर्नुभएको छ ।
विभिन्न दर्जाका सुरक्षाकर्मीलाई दमक ९ स्थित निवासमा टिका लगाइदिदै अध्यक्ष ओलीले ‘चाडपर्वमा विदा नपाएर घर जान पाइएन भने यहाँ आउनु’ भन्नुभएको एक सुरक्षाकर्मीले बताए ।


उनका अनुसार देशको एकजना अभिभावकले यसो भनेपछि आफूलाई पेशाप्रति थप गर्वको महसुष भएको छ । उनले पहिलो पटक यति उच्च ओहोदामा पुगेको व्यक्तिबाट टिका ग्रहण गरेको बताए ।
अध्यक्ष ओलीले पहिलो पटक दमक निवासमा सर्वसाधरण,पार्टीका नेता कार्यकर्ता,निजामती कर्मचारी,सुरक्षाकर्मीलाई टिका लगाइदिनु भएको हो ।