अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिनुभयो

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिनुभयो


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको हो । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको थियो ।

बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुभयो ।