अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिका लगाउन मावल गएकी बालिकाको गोमन सर्पले टोकेर मृत्यू

टिका लगाउन मावल गएकी बालिकाको गोमन सर्पले टोकेर मृत्यू


झापा- दशैंको टिका लगाउन मावल गएकी एक बालिकाको गोमन सर्पले डसेर मृत्यू भएको छ ।
दमक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रजापती सापकोटाकी ८ वर्षीय नातिनी श्रुती सापकोटाको गए राती गौरादह ९ बैगुनधुरामा सर्पले डसेर मृत्यू भएको हो ।
स्थानीय नेत्र प्रसाद दाहालका अनुसार श्रुती आमा शुभेच्छा अधिकारीसँग हिजो बैगुनधुरामा मावल गएकी थिएन् । राती सुतेकै ठाउँमा सर्पले डसेको थाहा पाएपछि चिच्याएकी उनलाई उपचारका लागि दमक स्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि ल्याइएको थियो । ।
दमक रेडक्रस स्थित सर्पदंश उपचार केन्द्रले लाइफलाइन अस्पतालमा उपचारका लागि सिफारिस गर्यो । राती २ बजेतिर लाइफलाइन अस्पतालले श्रुतीलाई मृत घोषणा गरेको थियो ।

श्रुतीका बुबा टेकनाथ सापकोटा चुलाचुली यातायात प्रालिका अध्यक्ष हुनुहुन्छ भने आमा शेभच्छा अनेम संघ युवा महिला सञ्जाल झापाकी अध्यक्ष हुनुहुन्छ ।