अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेखर-गगन समूहको छुट्टै भेला सुरु

शेखर-गगन समूहको छुट्टै भेला सुरु


काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसभित्र शेखर-गगन समूहको भेला सुरु भएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षका नेताहरू जम्मा भएका छन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका बेला कांग्रेसको असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताहरू भने बत्तीसपुलीमा भेला भएका हुन् ।

सिट बाँडफाँटका क्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई कमजोर पार्ने हुन् कि भन्ने भयले असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनेदेखि निरन्तर छुट्टै भेला आयोजना गरिरहेको छ ।