अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल चालकको मृत्यु


महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख् ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक राना महेन्द्रनगरबाट गड्डाचौकीतर्फ म १ प ६२७२ नम्बरको मोटरसाइकल चलाएर जाँदै थिए । बसलाई ठक्कर दिएर टाउकोमा चोट लागेका रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस र चालक शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका रघुनाथ अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान थालेको छ ।