अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बारा बस दुर्घटनाप्रति एमालेद्वारा दु:ख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग माग

बारा बस दुर्घटनाप्रति एमालेद्वारा दु:ख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग माग


काठमाडौं – नेकपा एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित अमलेखगञ्ज सडक खण्डमा १६ यात्रुको मृत्यु हुने गरी भएको बस दुर्घटनाबाट स्तब्ध भएको जनाएको छ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एक वक्तव्य निकाल्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले ठूलो मानवीय क्षति भएको एमालेको निष्कर्ष छ। 

सडकलाई सुरक्षित बनाउन यस्ता घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न पनि एमालेले सरकारी निकायहरुको ध्यानाकर्षण गराएको छ।