अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई एलपी साँवाको प्रश्न : तपाईंहरुको काम केपी ओलीको बिरोध गर्ने मात्र हो ?

गठबन्धनलाई एलपी साँवाको प्रश्न : तपाईंहरुको काम केपी ओलीको बिरोध गर्ने मात्र हो ?


झापा – एमाले झापा क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले गठबन्धनले देशलाई डेढ वर्षमा बरबादीतर्फ धकेलेको बताउनुभएको छ ।
उहाँले एमालेले मात्रै देश विकास गर्ने इच्छा शक्ति भएको पार्टी रहेको बताउनुभएको छ ।

चुनावी घर दैलोका क्रममा साँवाले एमालेको सरकारले छोटो समयमा देशमा विकास निर्माणको लहर ल्याएको बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरहरा, रानी पोखरी, गौतबुद्ध विमान स्थल, पोखरामा अन्तराष्ट्रिय स्तरको विमान स्थल, हुलाकी राजमार्गलगायत देशका लागि मुहार फेर्ने कामको सुरुवात गरेको बताउनुभयो । जनता आवास कार्यक्रम मार्फत प्रत्येक स्थानीयतहका सुकुम्बासीलाई घर निर्माण गरदिएर घरबार विहीहरुलाई व्यवस्थापन गरिएको साँवाले बताउनुभयो । एमालेको सरकारले स्वास्थ्य वीमा कार्यक्रम मार्फत निशुल्क उपचारको थालनी गरिएको साँवाको भनाइ छ । साँवाले भन्नुभयो, झापामा मात्रै गठबन्धन सरकारले केपी शर्मा ओलीले शुरु गरेका धेरै योजनाहरु काटिदिएका छन् । जुन अब एमालेको सरकार आएपछि मात्रै पुरा हुने देखिएको छ ।
साँवाले एमालेको सरकारले केही समय कोरोनाका कारण काम गर्न नपाएको गुनासो गरे । कोरोनाले गर्दा विकासका कामहरुमा बाधा पुग्न गयो । त्यसैले हामीले सुरुवात गरेका बाटा, पुल, कल्भर्डहरु केही अधुरा रहे । उहाँले परमआदेशबाट बनेको गठबन्धन सरकारलाई प्रतिप्रश्न गरे । गएको डेढ वर्ष यता के गर्यो जनता जान्न चाहान्छन् । गठबन्धन सरकारले अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध मात्रै गुजार्यो । यसले पनि पुष्टी हुन्छ, गठबन्धन सरकार देशलागि होइन विरोधका लागि मात्रै बनेको हो । देश विकास र दिगो शान्तिका लागि एमालेको सरकार नै जरुरी रहेको साँवाको भनाई छ ।
। उहाँले भन्नुभयो, सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई दिने तलब सम्म सरकारसँग नभएको भनिरहँदा उहाँहरुबाट देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने ?