अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ : अध्यक्ष ओली

हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ : अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले भूकम्पपछि सफल पुनर्निमाण गरेको बताउनु भएको छ । काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्वोधन गर्दै ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गर्नुभयो ।

उहाँले नर्निर्मित धरहराले आफ्ना विरोधिहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गर्नुभयो । ओलीले भन्नुभयो, ‘एमाले सरकारमा गएपछि साढे सात लाख घर हस्तान्तरण भए भने १५ सय पुरातात्विक महत्वका ऐतिहासिक भवनहरु पुनर्निमाण गरिए । २०/३० वर्षमा अरुले गर्न नसकेका काम हामीले गरेका छौं ।’

उहाँले धरहरा बाहिर निर्माण कार्या भइरहेको बताउनु भयो । ‘अहिले केही पार्टी र तीनका नेतालाई धराहरा हेर्यो कि मुटुमा सुइरो रोपेजस्तो हुन्छ । धरहराको टुप्पो हेरेपछि घोच्छ तिनीहरुलाई । त्यसकारण उनीहरु कराउँछन् । कसैले सेता भ्यूटावर हो भन्छन्,’ उहाँले भन्नुभयो, ‘सबै काम सकेपछि बेग्लै रौनक आउँछ काठमाडौंको मुटुमा । तर, धरहरा भनेको धरहरा मात्रै हो । त्यो निर्माण भइसकेको छ । पार्किङ स्थल र गार्डेनलाई एउटा कम्पोटेन्टमा ल्याए पनि त्यो धरहरा होइन,’ ओलीले भन्नुभयो । दिल्लीले कुतुमिनारमा गर्व गर्ने गरेको भन्दै उहाँले नेपालमा धरहरामाथि प्रश्न उठाउने गरिएको बताउनुभयो ।