अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले ल्याएको रेल चढ्न कांग्रेस-माओवादी हुरुक्क गरेका छन् : ओली

एमालेले ल्याएको रेल चढ्न कांग्रेस-माओवादी हुरुक्क गरेका छन् : ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेलको विरोध गर्नेहरुलले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंको क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै एमालेको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्रमन्त्री चाइना गएर रसुवा–काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए ।’

जनकपुरमा एमाले सरकारले ल्याएको रेल चढ्न अहिले कांग्रेस–माओवादीका घरपरिवार आतुर बनेको उहाँले बताउनु भयो । ‘एमाले सरकारको पालामा लिक बनाइयो, रेल किनियो, ल्याइयो, चलाइयो । त्यो रेल एक पटक चढाउन भनेर घरघरमा दबाब दिन थाल्या छन् । खासगरी, कांग्रेस र माओवादीका घरपरिवारले एमाले सरकारले ल्याएको त्यो रेल एक पटक हेर्नैपर्यो भनेर घरपरिवारले हुरुक्क पारेका छन् । म चुनावतिर लागौँ कि तिमीहरूलाई रेल चढाउन लगौँ भन्ने स्थिति छ । म आफैँ पनि त्यो रेल चढेँ । कति छिटै सुटुक्क पुर्‍यायो,’ उहाँले भन्नुभयो ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको घरैछेउ ट्रान्समिसन लाइन राखेर आफ्नो पार्टीको सरकारले बिजुली झलमल पारिदिएको बताउनु भयाे ।