अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-२ का जनताको विवेकप्रति मलाई विश्वास छ : मणिराम फुयाँल

काठमाडौं-२ का जनताको विवेकप्रति मलाई विश्वास छ : मणिराम फुयाँल


काठमाडौं – नेकपा एमालेका काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार मणिराम फुयाँलले निर्वाचन क्षेत्रका जनताको विवेकप्रति आफू विश्वस्त रहेको बताउनुभएको छ ।
काठमाडौं–२ अन्तर्गत वडा नम्बर ३२ को जडिबुटी र कोटेश्वर तथा वडा नम्बर ९ को सिनामंगल क्षेत्रमा बुधवार सम्पन्न मतदाता घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार फुयाँलले यस्तो बताउनु भएको हो ।


‘जनताका बीचमा काम गरेको, क्षेत्रको समस्यालाई नजिकबाट बुझेको उम्मेदवारलाई जिताउन जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु’, फुयाँलले भन्नुभयो, ‘सबै प्रकारका समस्यालाई प्राथमिकीकरण गरेर यथोचित ढंगले समाधान गर्दै सन्तुलित विकास गर्ने दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछु ।’
उहाँले जनताका बीचमा निर्वाचनका बेला अनेक भ्रम छरेर झुटा आश्वासन दिने तर क्षेत्रको समस्या पहिचान गरेर दीगो, सन्तुलित र जवाफदेही ढंगले काम गर्न नसक्नेहरूप्रति काठमाडौं–२ मतदाताहरू सचेत हुनुपर्नेमा पनि जोड दिनुभयो ।
मतदाता घरदैलो र अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशका निवतर्मान सभामुख तथा प्रदेशसभा सदस्य (क) का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।