अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही सैनामैनामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

रुपन्देही सैनामैनामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश


रूपन्देही – रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरी ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेबाट रुपन्देही ५ का उम्मेदवार वासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताउनु भयो । उहाँले  आफ्नो क्षेत्रलाई विकासमा नमूना बनाउन स्पष्ट भिजन भएको दाबी गर्नुभयो ।

प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली कांग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गर्नुभयो ।

जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरू भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउन समेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमाले पार्टीले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरू एमालेमा आएको बताउनु भयो ।