अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले चुनाव जिते देश श्रीलंकाको अवस्थामा पुग्छ: कमल थापा

गठबन्धनले चुनाव जिते देश श्रीलंकाको अवस्थामा पुग्छ: कमल थापा


हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेले चुनाव नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गर्नुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्न सक्ने दावी गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले चुनाव जिते भने देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्छ ।’

अध्यक्ष थापाले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने गठबन्धनका दलले ? यस्ता झूटका खेती गरेर जनता झुक्याउने काम पाँच दलीय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु ।’

उहाँले एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धनले चुनाव जिते देश अस्थिरता र भ्रष्टाचारको दलदलमा फस्नेसमेत बताउनु भयो। पाँच दलीय गठबन्धनले सत्तामा पुग्न र कुर्सीमा बस्न विदेशीसँग सहयोग मागिरहेको उहाँको भनाइ छ।

अध्यक्ष थापाले यो पटक देश बनाउने र देश बिगार्नेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीको सरकारले सयौं गुणा राम्रा काम गरेको भन्दै उहाँले देशलाई बचाउन एमाले जिताउनु बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।

उहाँले आफूले चुनाव जिते हेटौंडालाई देशकै नमूना राजधानी बनाउन पहल गर्ने बताउनु भयो ।