अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा एक दम्पती मृत भेटिए

रुपन्देहीमा एक दम्पती मृत भेटिए


रुपन्देही-रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा एक दम्पती मृत भेटिएका छन् ।

सोमबार बिहान श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका हुन् । घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ । बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । पत्नीको हत्या गरेर पछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।