अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल


काठमाडौं-परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन । गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा पुगेकी हुन् ।

मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीय परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्नेछिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।

गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।

गत सोमबार परिजिताले भाबुक गीत छनौट गरी अद्वितीय प्रस्तुति गरेकी थिइन् । उनले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” गीत प्रस्तुत गरेकी थिइन् । प्रस्तुति पश्चात चारै प्रशिक्षकले स्ट्यान्डिङ ओभेशन दिएका थिए । परिजिताको प्रस्तुतिलाई प्रशिक्षकहरूले मुक्त कण्ठ प्रशंसा गरेका थिए ।

परिजिताका प्रशिक्षक जोन लिजेन्डको टोलीमा रहेकी छिन । जोनले परिजिताको गीत प्रस्तुतिले सबैको हृदयमा तान्यो भनि प्रशंसा गरेका थिए ।