अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आलिया भट्ट–रणबीरले के राखे छोरीको नाम ?

आलिया भट्ट–रणबीरले के राखे छोरीको नाम ?


काठमाडौं-आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे होलान् भनेर धेरैमा उत्सुकता जागेको छ ।

आलिया–रणबीरले के राखे छोरीको नाम ?

पछिल्लो जानकारीलाई विश्वास गर्ने हो भने रणबीर र आलियाकी छोरीको नाम दिवंगत अभिनेता ऋषि कपुरसँग सम्बन्धित हुने बताइएको छ । बलिउड लाइफले स्रोतलाई उद्धृत गर्दै छापेको खबर अनुसार रणबीर र आलियाले ऋषि कपुरको सम्मानमा उनीसँग सम्बन्धित नाम राख्ने निर्णय गरेका हुन् ।

खबरका अनुसार आलिया र रणबीरको यो आइडिया सुनेर नितु कपुर निकै भावुकसमेत भइन् । उनी विश्वलाई आफ्नी नातिनीको नाम बताउन निकै उत्सुक छिन् । रणबीर र आलियाकी छोरीको जन्मले सबैभन्दा बढी त नितु कपुर नै खुसी छिन् । उनले आफ्नी नातिनीलाई सबैभन्दा ‘क्युटेस्ट किड’ बताइसकेकी छिन् ।

रिपोर्टमा बताइए अनुसार रणबीर–आलियासमेत पूरा परिवारले छोरीको नाम छानिसकेका छन् । उनीहरुले निकै छिटो आफ्नी छोरीको नाम सार्वजनिक गर्ने पनि बताइएको छ ।