अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा हात्ती मृत भेटियो

झापामा हात्ती मृत भेटियो


झापा – झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।

Skip This