अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की-३ प्रदेशसभा १ मा एमालेका गणेशमान गुरुङ विजयी

कास्की-३ प्रदेशसभा १ मा एमालेका गणेशमान गुरुङ विजयी


कास्की – कास्की निर्वाचन क्षेत्र-३ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ ।

पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार ४७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले नौ हजार ६६२ मत ल्याउनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार ६९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार ५१५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले ४५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले १६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा २२७ मत ल्याउनुभएको छ ।