अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ प्रदेश सभा २ मा कांग्रेसका रामकुमार खत्री विजयी

उदयपुर-२ प्रदेश सभा २ मा कांग्रेसका रामकुमार खत्री विजयी


उदयपुर – प्रदेश सभातर्फ उदयपुर क्षेत्र नम्बर-२ (२) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित हुनुभएको छ । एमालेका जीवनाथ दाहाललाई ३ हजार ३९१ मत अन्तरले हराउँदै खत्री निर्वाचित हुनुभएको हो ।

सत्ता गठबन्धन दलका तर्फबाट कांग्रेसका उम्मेदवार खत्रीले १२ हजार ६२७ मत प्राप्त गर्नुभयो  । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताउनु भयो ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएका खत्री एमालेकी उम्मेदवार कला घलेसँग ४ हजार ४८३ मत अन्तरले हार्नुभएको थियो । २०७४ मा घलेले १३ हजार ४५९ मत ल्याएर जित्दा खत्रीले ८ हजार ९७६ मत प्राप्त गर्नुभएको थियो ।

कटारी नगरपालिका र ताप्ली गाउँपालिका समेटिएको यस प्रदेशमा ५० हजार ७४ मतदाता रहेकोमा २७ हजार १९२ मतदाताले मतदान गरेका थिए । ६ जना उम्मेदवार रहेको यस क्षेत्रमा १ हजार १५८ मत बदर भएको छ ।