अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देही-५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी


रुपन्देही – रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा एमालेका भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८ मत प्राप्त गरी दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणाममा ढकालका निकटतम उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो। सो क्षेत्रमा दुई हजार एक सय १० मत बदर भएको छ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अग्रस्थानमा हुनुहुन्छ। नेपाली काङ्ग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।

Skip This