अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु


काठमाडौं- मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा पुन वितरण सुरु गरिएको छ । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो ।
गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो । यसपटकको बाढीले हेडवर्क्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो ।

आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।
केयूकेएलका अनुसार हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर छ । आपूर्ति करिब दैनिक १२ करोड लिटर छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक माग पूरा हुँदैन ।

आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर पानी काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विस्तार गरेको पुरानो पाइपलाइन सञ्जालबाट आलोपालो वितरण गरिने छ ।