अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक सांसदको सूची ४ बजेसम्म निर्वाचन आयोगलाई बुझाउनुपर्ने

समानुपातिक सांसदको सूची ४ बजेसम्म निर्वाचन आयोगलाई बुझाउनुपर्ने


काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिएको समय सीमा आज दिउँसो ४ः०० बजे सकिँदै छ ।

आयोगले यसअघि नै राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ ।

राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको नाम टुङ्ग्याउन अन्तिम छलफलमा जुटेका छन् । तर सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् ।  

चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरूले नाम छनोट गर्नुपर्ने छ । यसैका लागि सबै दलहरू आज आन्तरिक बैठकमा जुटेका छन् ।

समानुपातिक उम्मेदवारहरूको नाम टुङ्ग्याउन  कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् भने जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । 

समानुपातिकमा सबैभन्दा बढी एमालेले ३४ सिट पाएको छ । यसैगरि दोस्रो स्थानमा रहेको काँग्रेसलाई ३२ सिट प्राप्त भएको छ । त्यसपछि क्रमशः नेकपा माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सिट जितेको  छ ।