अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धौलागिरि अस्पताललाई एम्बुलेन्स

धौलागिरि अस्पताललाई एम्बुलेन्स


ढोरपाटन – धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अष्ट्रेलिया समाजले रु. २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा, जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो।