अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका दुई केन्द्रीय नेताद्वारा पार्टी परित्याग

नेकपा एसका दुई केन्द्रीय नेताद्वारा पार्टी परित्याग


काठमाडौं – नेकपा एकीकृत समाजवादीका दुई नेताले पार्टी परित्याग गरेका छन् ।  पार्टी नेतृत्वको गलत कामलाई साथ दिन नसकिने र जनताबाट तिरस्कृत पार्टीमा रहनुको अर्थ नहुने भन्दै दुई जना केन्द्रीय सदस्यले सो पार्टी परित्याग गर्नुभएको हो ।

केन्द्रीय सदस्य तथा तनहुँ इञ्चार्ज चित्र थापा र केन्द्रीय सदस्य रेखा थापा बस्यालले पार्टी त्यागेको पत्र केन्द्रीय अध्यक्ष माधव नेपाललाई पठाएका हुन् ।

‘हामी एउटा कुनै कम्युनिष्ट समूहमा आवद्ध हुनुभन्दा समग्र बाम एकताको पक्षमा उभिने निर्णयमा पुगेका छौं, सवै नेताहरुलाई एकताको पक्षमा लाग्न हार्दिक अनुरोध पनि गर्दैछौं,’ अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएको छ ।

पत्रमा बिद्रोह गरी नयाँ बनेको पार्टीले आफ्नो कुनै पनि उदेश्य पूरा नगरेको र गलत बाटो लिएको प्रष्ट भएपछि आफूहरुले पार्टी त्यागेको पनि उहाँहरुको भनाई छ।

नेतृत्वमा गम्भीर बिचलन र सिमित नेताको ब्यवस्थापन गर्ने शैली रहेको र यस्तो कामले पार्टी गठनको आधार नै सकिएको पनि पत्रमा उल्लेख छ ।