अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किर्तिपुरमा स्कूलबसले ठक्कर दिंदा शसस्त्र प्रहरीका जवान सुवासचन्द्र रतेलाको मृत्यू

किर्तिपुरमा स्कूलबसले ठक्कर दिंदा शसस्त्र प्रहरीका जवान सुवासचन्द्र रतेलाको मृत्यू


काठमाडौं -कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना।१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली(५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।
उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।