काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
उक्त शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।
माछापुच्छे बैंकको यही मंसिर १२ सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो।
राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन्।






प्रतिक्रिया