काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटवार्ता गर्नुभएको छ ।
बिहीबार नेपाल आउनु भएका धलाइले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको खेलकुदमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालमा रग्वी खेलको विकासका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री गहतराजले विदेशि एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
शनिबारदेखि दशरथ रंगशालामा संचालन भएको दुई दिने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ बिहीबार नेपाल आएका आउनु भएको हो ।
नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरिएको हो।






प्रतिक्रिया