काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अपराजधन्य मुद्दामा मुछिएका व्यक्तिहरूलाई जेलमुक्त गर्न अध्यायदेश ल्याए गलत राजनीतिक र कानुनी नजिर बस्ने बताउनु भएको छ ।
रेशम चौधरीलगायतलाई जेलमुक्त गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्दै मसालले यसले देशको राजनीति र न्याय प्रणालीमा नै गलत प्रकारको नजिर कायम हुने बताउनु भएको हो
महामन्त्री सिंहले सोमबार प्रेस वक्तव्य प्रकाशित गरी रेशम चौधरीलगायत व्यक्तिहरुलाई सरकार गठन गर्न बहुमत पुर्याउनकै लागि जेलमुक्त गर्न खोजिएको बताउनुभयो ।
मसालले टीकापुर हत्याकाण्ड अत्यन्त क्रूर र अपराधजन्य कारबाही भएको स्पष्ट पार्दै त्यो हत्या काण्डसित सम्बन्धित व्यक्तिहरूका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्नको लागि अध्यादेश ल्याउन मन्त्रिपरिषद्ले गरेको निर्णयले राजनीति र न्यायिक प्रणालीमा गलत नजिर स्थापना हुने बताएको छ ।
‘चुनावपछि सरकारको निर्माणका लागि गठबन्धनलाई आवश्यक बहुमत पुग्ने नभएको हुनाले नै त्यो कमी पूरा गर्न नागरिक उन्मुक्ति पार्टीको समर्थन लिनको लागि त्यो अध्यादेश ल्याउन थालिएको कुरा प्रस्ट छ। अहिले गठबन्धनलाई सरकारको निर्माणको लागि बहुमत पुर्याउन जुन कमी भयो, त्यसका पछाडि गठबन्धनसित सम्बन्धित राजनीतिक दलहरूका कतिपय पक्षहरूको अन्तर्घातका कारणले त्यस प्रकारको स्थिति उत्पन्न हुने छ र त्यसका कैयौँ दुष्परिणाम हुने छन् भनेर हामीले पहिले नै बताएका थियौँ’ मसालले भनेको छ, ‘अहिले बहुमत पुर्याएर सरकार बनाउनको लागि गम्भीर प्रकारको अपराधसित सम्बन्धित व्यक्तिलाई जेलबाट मुक्त गर्न ल्याइएको अध्यादेश एउटा त्यही प्रकारको दुष्परिणाम हो। आउने दिनमा गठबन्धनभित्रको अन्तरघातका अरू पनि दुष्परिणाम हुने कुरा प्रस्ट छ।’




प्रतिक्रिया