अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


जाजरकोट – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिनुभयो ।

घटनास्थलमा नै रहेका थापाका अनुसार तीन जना घाइते छन् ।

जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गर्नुभयो ।

श्रेष्ठका अनुसार प्रहरीको टोली घटनास्थलमा रहेको उद्धार कार्य भइरहेको छ ।