गम्भीर आपराधिक घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माग गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर हत्याकाण्डमा दोषी ठहर रेशम चौधरीसहितलाई जेलबाट रिहा गर्न मुलुकी अपराध कार्यविधि ऐन २०७४ संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।
राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले उक्त अध्यादेश नल्याउन सरकारसँग माग गर्नुभएको छ ।
‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पुर्वसन्ध्यामा गम्भीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ’, उहाँले भन्नुभएको छ, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ।’




प्रतिक्रिया