अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली नदीमा दुई जनाको शव फेला

कर्णाली नदीमा दुई जनाको शव फेला


कालिकोट – कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा यही मंसिर २४ गतेदेखि बेपत्ता दुई जनाको शव फेला परेको छ।  

फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षीय जेसीबीका चालक मंगल चुडारीको शव आज (मंगलबार) फेला परेको हो। 

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो।

उनीसँगै दुर्घटनामा परी हराइरहेका सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ। 

यही मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कंदै गरेको प्रदेश नं ३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। ३ जना घाइते र ३ जना बेपत्ता भएका थिए।