अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

आज बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै दक्ष जनशक्ति उत्पादनको आधार निर्माणका लागि सामूदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनु भएको हो ।

उहाँले मुलुकभित्रै प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नुपर्ने अहिलेको आवश्यता भएको धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहले सामूदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक पूर्वाधारमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।