काठमाडौं – देशभर आज सामान्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
तर, घाम लाग्दै गएपछि हुस्सु र कुहिरो पनि हट्दै जाने विभागले जनाएको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ ।
नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।






प्रतिक्रिया