अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष ५ देखि एक महिना नारायणगढ मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरेर निर्माणको काम गरिने

पुष ५ देखि एक महिना नारायणगढ मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरेर निर्माणको काम गरिने


काठमाडौं- पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ।

यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ।

सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो।

यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ।
सवारी साधन रोकेर काम गर्ने समयमा सवारी साधन तोकिएका स्थानमा पार्किङ गरी राख्न पनि आयोजनाले आग्रह गरेको छ। साथै वैकल्पिक सडक प्रयोग गर्न सकिने अवस्थामा त्यस्ता सडक प्रयोग गर्नसमेत भनिएको छ।

Skip This