अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तराईमा बाक्लो हुस्सु र कुहिरो

आज तराईमा बाक्लो हुस्सु र कुहिरो


काठमाडौं – आज बिहान तराई भूभागको केही स्थानमा बाक्लो हुस्सु कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।