अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्याबिन क्रूको आन्दोलनले रोकियो काठमाडौं–रियाद उडान

क्याबिन क्रूको आन्दोलनले रोकियो काठमाडौं–रियाद उडान


काठमाडौं- क्याबिन क्रूको आन्दोलनको कारण नेपाल वायुसेवा निगमको बिहीबार बिहान ९ः१० बजेको उडान रोकिएको छ ।

निगमको आज बिहान ९ः१० बजे काठमाडौंबाट साउदीको रियादको लागि उडान तालिका थियो । तर, क्याबिन क्रूको आन्दोलनको कारण अहिलेसम्म उडान हुन सकेको छैन ।
करारमा रहेर १५ वर्ष सेवा गरेका दुई विमान परिचारिकालाई बिनाकारण हटाइएको भन्दै निगमका क्याबिन क्रूका सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । सोही कारण आज बिहान ९ः१० को काठमाडौं–साउदीको रियाद उडान हुन नसकेको हो ।

तत्काल उडान गर्नको लागि अहिले छलफल भइरहेको निगमका सहप्रवत्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “क्याबिन क्रूले गरेको आन्दोलनको कारण उडान रोकिएको हो । अहिले त्यस उडानको विषयमा छलफल भइरहेको छ ।”