अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकै होचा व्यक्ति बने अफसिन

विश्वकै होचा व्यक्ति बने अफसिन


काठमाडौं – संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ।

गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन्। 

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन्। उहाँ कुर्दिस र फारसी दुवै भाषा जान्नुहुन्छ ।

जन्मिदा उहाँको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ।

होचो भएकै कारण उहाँ स्कुल जान सक्नु भएन । तर, भर्खरै उहाँले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उहाँ निकै खुसी हुनुहुन्छ ।

Skip This